गायन र मोडलिङ दुवै क्षेत्रलाई सँगसगै लैजान्छु : जानु पोखरेल

पोखरा न्यूज । गायिका जानु पोखरेलको जन्म अर्घाखाँची जिल्लाको पाणिनी गाउंपालिका वडा नम्बर १ बासाकारुखमा भएको हो ।

उहाँले औपचारिक रुपमा सांगीतिक यात्रा सुरु गरेको डेढ वर्ष मात्र भयो । यो अवधिमा उहाँको आवाजमा पाँचवटा गीत रेर्कड भएका छन् । जसमध्ये चिउरी पाक्यो, कलियुगले सतायो, तीजको रेलीमै गरेर तीन वटा गीत सार्वजनिक भइसके । गीतबाट दर्शकको श्रोताबाट प्राप्त गरेका मायाको कारण उहाँ उत्साहित हुनुहुन्छ । उहाँको लाइभ दोहोरी र पञ्चेबाजाको गरी दुईवटा गीत सार्वजनिक हुन बाँकी नै छ । यी गीत समेत दर्शक श्रोताले मन पराउने आशा उहाँको छ । दर्शक श्रोताको मायाले सांगीतिक क्षेत्रमा केही गर्ने ठाउँ बन्ने उहाँको विश्वास छ ।

अब निरन्तर यसरी नै सांगीतिक कोशेली पस्कदै सांगीतिक क्षेत्रमा अगाडि बढ्ने उहाँको योजना छ । उहाँले गायनको अलावा मोडलिङ क्षेत्रमा समेत पाइला अगाडि बढाउनुभएको छ । थानेश्वर गौतम तथा शान्ती श्री परियारको आवाजमा रहेको ‘छुट्नलाई पो रैछ क्यारे’ बोलको गीतको भिडियोबाट उहाँको मोडलिङ क्षेत्रमा डेब्यु भएको हो । पहिलो पटक अभिनय गर्ने अवसर पाएकोले निकै मेहनत गरेको उहाँले बताउनुभयो । ‘पहिलो पटक काम गर्न पाए, राम्रो गर्ने प्रयास गरेको छुँ’ उहाँले भन्नुभयो । भिडियोबाट दर्शकको साथ सर्पोट पाउने उहाँको आशा छ । गायन र मोडलिङ दुवै क्षेत्रलाई सँगसगै लैजाने उहाँको धोको छ ।

हुनत उहाँलाई संगीत क्षेत्रतर्फ लाग्ने सानैदेखिको रहर थियो । उहाँ भन्नुहुन्छ–‘हामीलाई बुबा आमाले हुर्काउन धेरै दुःख गर्नुभयो । दाई २० वर्षकै उमेरमा सरकारी जागिरे बन्नुभयो । म पढ्दै जागिर गर्दे आज यो स्थानसम्म आएको हुँ । संगीततर्फ रुचि सानैदेखि भएपनि घरको अवस्था बुझेको कारण आफ्नो इच्छा सेयर गर्न सकिन । अहिले सम्म पनि भनेको छैन । आफ्नो खुट्टामा उभिएपछि आफै सुरु गरेकी हुँ ।’
घर परिवारले पढाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाइदिनुभयो । सोही कारण मन भित्रको सपना पुरा गर्ने बाटोमा अगाडि बढ्न सहज भएको उहाँको बुझाई छ । पछि स्थापित भए भने परिवारको सर्पोट पाउने उहाँको आशा छ । उहाँको परिवारमा आमा दाई र बहिनीहरु हुनुहुन्छ । आफूलाई मलाई पैसाको सहयोग भन्दा आँट र हौसला दिए पुग्ने उहाँ बताउनुहुन्छ । आफूलाई गीत संगीत क्षेत्र जीवन साथी जस्तो लाग्ने उहाँ बताउनुहुन्छ । हरेक पल संगीतकै सहरामा जीवन बिताइरहेको उहाँको भनाई छ ।

उहाँ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था कविलवस्तुको शाखा प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्छ । अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उहाँको लक्ष्य छ । ‘म व्यक्तिगत प्रयासले अगाडि बढ्न सके, अब गरिब, विपन्न वर्ग, शारीरिक रुपमा अशक्त, वृद्धवृद्धालाई सकेको सहयोग गर्छु’ पोखरा न्यूजसँग उहाँले भन्नुभयो ।

संगीत सिक्ने अवसर नपाउदा नेचुरल आवाजमानै गीत रेकर्ड गरेको बताउने गायिका पोखरेल आगामी दिनमा संगीत पनि सिक्दै रेकडिङ र मोडलिङ दुवैलाई सँगै लिएर जाने बताउनुहुन्छ । उहाँलाई लोक गीत र आधुनिक गीत गाउन मन पर्छ । अब सिक्दै निखारिने प्रयास गर्ने उहाँको वाचा छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button