पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

पोखरा न्यूज । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

गएराती १:३० बजे पोखरा महानगरपालिका ६ बुलौदीमा मोटरसाइकल दुर्घटना हुँदा स्याङजा बिरुवा गाउँपालिका ८ घर भई पोखरा १५ नयाँगाउ बस्ने  २८ वर्षीय दिलिप गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल  दुर्घटना हुँदा  गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले २ :३५ मा मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार  हल्लनचोकबाट जिरो तर्फ जाँदै गरेको ग १६ प ५०६ नं. को मोटरसाइकल अनियन्त्रीत भई डिभाइडरमा ठक्कर खाँदा दुर्घटना  भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button