अभिनयको गहिराई बुझ्दै : प्रदीप खड्का

पोखरा । अभिनेता प्रदीप खड्का यतिबेला पोखरामा हुनुहुन्छ । उहाँ पोखरामा रहनुभएको फिल्मको छायाकंन वा प्रमोसनको लागि भने होइन । आफूमा निखारता थपेर दर्शकमाझ प्रस्तुत हुने अभिप्रायका साथ उहाँ पोखरामा रहनुभएको हो । उहाँले पोखरामा रहेर अभिनय सिकिरहनुभएको छ । प्रदीपलाई रंगकर्मी तथा निर्देशक अनुप बरालले अभिनय कला सिकाइरहनुभएको छ । बरालको प्रशिक्षणमा अभिनयको गहिराई बुझ्दै आफूलाई परिस्कृत गर्ने धुनमा अभिनेता खड्का हुनुहुन्छ ।

अभिनेता खड्काले यसअगाडि आफूले कुनै अभिनयसँग सम्बन्धित औपचारिक कक्षा तथा वर्कसपममा भाग नलिएको बताउनुभयो । पोखरा न्यूजसँग कुरा गर्दे खड्काले भन्नुभयो–‘यतिकै फिल्ममानै व्यस्त भइरहेको थिए । कोरोना महामारीको बेलामा कामबाट फ्रि भइयो । केही काम ‘पोष्टपोन्ड’ भए । यहिी समयमा अलिकति नयाँ कुरा सिक्नलाई समयको सदुपयोग गरांै भन्ने सोच आयो ।’

अभिनेता खड्का एक महिना अगाडि एउटा लेभलको क्लास सकेर काठमाण्डौ जानु भएको थियो । काठमाण्डौँ गएर एकदुईवटा फोटोसुट र विज्ञापनको काम सकाएर फेरि वर्कसपका लागि पोखरा आउनुभएको हो । ‘अहिले दशैंसम्म फ्रि भए, अनि आए, अब दशैंसम्म सिक्छु’ खड्काले भन्नुभयो । पोखरा सहित विभिन्न लोकेसनमा पुगेर सिक्ने उहाँको तयारी छ ।

उहाँ आवद्ध भएका तीनवटा फिल्म अहिले पेन्डिङ छन् । उहाँले काम गर्ने तय भएको दिनेश रावतको फिल्मको नाम तय भइसकेको छैन । ‘शुभ विवाह’ र ‘हुतुुतु’ फिल्ममा उहाँले काम गर्दै हुनुहुन्छ । प्रदर्शनको मिति तय भएर कोरोनाका कारण प्रदर्शन उहाँले अभिनय गरेको बहुप्रतिक्षित फिल्म प्रेम गीत–३ रिलिज हुन पाएको छैन । यसका अलावा यो समयमा समेत उहाँलाई फिल्मका अफरहरु निरन्तर आइरहेका छन् । अबको ६ महिना तीनवटा फिल्मकै लागि व्यस्त हुने उहाँ बताउनुहुन्छ । ‘आगामी जेठ महिनासम्म व्यस्त छु, स्क्रिप्ट आइरहेका छन्, हेरिरहेको छु, तर काम बाँकी हुँदा नयाँमा साइन गरेको छैन’ उहाँले थप्नुभयो ।

प्रकृतिको अगाडि कसैको केही नलाग्ने र प्रकृतिले सबैलाई ‘रियलाइज’ गर्ने मौका दिएको उहाँ बताउनुहुन्छ । ‘हाम्रो अस्तित्व नेचरको अगाडि केही हैन भन्ने रियलाइज गर्ने समय हो, आर्थिक सामाजिक समस्याहरु सबैले भोगेको छ, यसबाट सिकेर भोलिको दिनमा तयारी भएर आफूलाई संयमित भएर लाग्नुपर्छ’ खड्का भन्नुहुन्छ ।

फिल्मी क्षेत्रबाट आफूले धेरै पाएको उहाको भनाई छ । सबैभन्दा ठूलो कुरा परिचय पाएको छु । सामान्य परिवारबाट आएर फिल्म क्षेत्रमा केही गर्ने सोच थियो । तर प्राप्ति होला नहोला भन्ने लागेको थियो । तर म सफल भए । मेरा लागि फिल्मले दिएको ‘आइडेन्टि’ केहीसँग तुलना गर्न सकिदैन ।

फिल्म खेल्छु, हिरो बनौला भन्ने सोचेको थिइन । कुनै दिन यस्तो काम गराँै जसलाई संसारले चिनोस् भन्ने मनमा हुने गथ्र्यो । समाजमा एउटा छुट्टै ‘आइडेन्टि’ बनाउने प्रयास थियो । केही हदसम्म सफल भए । तुलनात्मक रुपमा अझै धेरै गर्न बाँकी छ । उपलब्धिलाई संस्थागत गरेर अगाडि जाने योजना बनाएको छु । मेरो सपना नेपाली फिल्मले इन्टरनेशनल डायस्पारामा आफूले आफूलार्ई ‘रिप्रिजेन्ट’ गर्न सकोस् भन्नेमा छ । ‘नेपाली कल्चर नेपाली फिल्मले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गरोस्, सबै फिल्मकर्मीले आफ्नो फिल्म अन्तराष्ट्रिय प्लार्टफममा देखाउदै अन्य देशका फिल्मसँग प्रतिष्पर्धा गर्न सक्षम हौ’ खड्का भन्नुहुन्छ ।

फिल्मी क्षेत्रमा बेग्ले पहिचान बनाएको व्यक्ति आफ्नो अभिनय कलामा सुधार ल्याउन वर्कसपमा सहभागी हुनु प्रशिक्षक बराल सकारात्मक मान्नुहुन्छ । विभिन्न फिल्मको माध्यमबाट दर्शकको मनमुटुमा स्थान बनाइसकेका प्रदीप खड्काले आफ्नो अभिनयमा निखारता थप्नको लागि सिक्न खोज्नु सकारात्मक पक्ष भएको बराल बताउनुहुन्छ । ‘फिल्ममा धेरै काम गरिसकेर एउटा स्टारडम बनाएको व्यक्ति फेरि पनि आफुले सिक्नुपर्छ भनेर आउनु ठुलो कुरा हो’ उहाँले भन्नुभयो । मैले पहिलोपटक उहाँलाई सिकाउन लागेको हुँ । यतिबेला म काठमाण्डौैँमा थिइन । मलाई पोखरा सजिलै हुन्छ भनेर यहिी आउनुभयो ।

‘दैनिक ४, ५ घण्टा सिकाइरहेको छुँ । म होमवर्क पनि दिन्छु । उहाँले भोलिपल्ट गरेर देखाउनुपर्छ’ बरालले थप्नुभयो । अभिनय भनेको बेरोजगारले काम नपाएर गर्ने कुरा हो । सिरियस मानिसले गर्दैन । भन्ने भम्र चिर्न सहयोग पुग्छ ।

अभिनय गर्न पढ्न पर्ने रहेछ भन्ने भावनाको विकास गराउछ । तालिम प्रश्चात प्रदीपले आफूलाई लभर व्वाईको रुपमा मात्र नभएर विविधतायुक्क्त रोलमा आफूलाई मजबुत बनाउन सक्ने बरालको विश्वास छ । ‘अभिनयको अभ्यास नगरेसम्म गाह्रो हुन्छ, निखारता थप्न अभिनय पढ्नुपर्छ, विदेशमा आफूले चाहेको रोलसम्म पुग्नको लागि वर्कसप लिने चलन हुन्छ’ बरालले भन्नुभयो । वर्कसपमा सहभागी भएपछि धेरै सजिलो हुनेछ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button