सिडीको आवाजमा ‘सम्झेर सानु’ सार्वजनिक

पोखरा । पोखराका गायक सिडी विजय अधिकारीको आवाजमा रहको नयाँ गीत ‘सम्झेर सानु’ हालै सार्वजनिक भएको छ।

भ्वाइस अफ नेपालको पहिलो सिजनका विजेता गायक अधिकारीको सुमधुर आवाजमा तयार भएको हृदयस्पर्शी गीतमा दिल खड्काको शब्द तथा संगीत रहेको छ। गीतलाई फणिन्द्र राईले संगीत संयोजन गर्नुभएको हो ।

गीतको म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गर्नुभएको हो। राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। गीत जीटुजी मिडियाको अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

धन कमाएर स्वेदेश फर्कने रहर हुँदाहुँदै बाध्यतामा परेका परदेशीहरु प्रति गीत समर्पित छ। कोरना कहरविच यो वर्षको दशैँमा घर फर्किन नपाउने परदेशीहरुको मन यो भिडियोले पक्कै रुवाउने निर्माण पक्षले अपेक्षा गरेका छन् । गायन क्षेत्रमा स्थापित हुन सघर्षरत गायक अधिकारीले गीत सुनेर हेरेर सूझाब दिन श्रोता दर्शकसँग आग्रह गर्नु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button