राखेपले पायो पुर्णता, पोखराका राजेश कुमार गुरुङ वोर्ड सदस्यमा

पोखरा न्यूज / नेपाल सरकार मन्त्री परिषदको गत सोमवार बसेको वैठकले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई पुर्णता दिएको छ ।

वैठकले नेपालको खेलकुद विकास विधेयक २०७७ को परिच्छेद ३ को उपदफा २ को (ट) वमोजिम ९ जनालाई मनोनित गर्दै पुर्णता दिएको हो । विधेयकको उक्त दफा अनुसार गण्डकी प्रदेशबाट  राजेश कुमार गुरुङ राखेपको सदस्य नियुक्त हुनुभएको छ । उहाँ तेश्रो पटक राखेपको वोर्ड सदस्यमा नियुक्त हुनुभएको हो ।

यसै गरि राखेप सदस्यमा मनोनित हुनेहरुमा चन्द्र वदना राई (प्रदेश १ ), नन्दा वस्याल (कर्णाली प्रदेश), सुमित्रा चौधरी (प्रदेश ५),  हरि खडका (प्रदेश १), एकेन्द्र कुँवर (सुदुर पश्चिम प्रदेश), पुरेन्द्र विक्रम लाखे (बागमती प्रदेश), मोहमद साविर शेख (प्रदेश २), मनदेव हजारा (प्नदेश न २) हुनुहुन्छ । त्यसै गरि युवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार)ले महिला कोटावाट संघ संस्थाको प्रतिनिधित्व गराउदै  रेणुका श्रेष्ठ र सुवर्ण श्रेष्ठलाइ राखेपको सदस्यमा मनोनयन गर्नु भएको छ  ।

खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ती्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व खेलाडीहरुमध्ये सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनयन गर्ने विधेयकमा प्रावधान रहेको छ ।

मनोनयन भएका सदस्यहरु मध्ये अधिकांश सदस्यहरु भलिवल खेल सँग सम्वन्धित छन । वस्याल र कुँवर भलिवल सँग सम्वन्धित हुनुहुन्छ भने खडका फुटबल सँग तथा लाखे सितेरियो करातेमा आवद्ध हुनुहुन्छ । विच भलिवल कमिसनका अध्यक्ष समेत रहेका कुँवर दोश्रो पटक राखेपको सदस्यमा मनोनयनमा पर्नु भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार)ले मन्त्री परिषदको वैठकमा सिफारिस गर्नु भएको ९ जनाको नामलाई अनुमोदन गरेको थियो । राखेप सदस्य वन्नका लागि २ सय जना भन्दा वढी आकांक्षी रहेका थिए । राखेप वोर्डमा ३७ सदस्यिय तथा ७ जना कार्यकारी रहने व्यवस्था रहेको छ ।

गत साउन १५ गते मन्त्री विश्वकर्माले राखेप सदस्य मा रिम वहादुर रानाभाट, इन्दिरा निरौला, सम्पन्न श्रेष्ठ, शुभाष श्रेष्ठ, गोविन्द प्रसाद भट्टराई, अर्जुन वहादुर केसीलाई मनोनयन गरिसक्नुभएको छ । उहाँहरुले गत भदौ १ गते पद तथा गोपनियताको सपथ समेत लिइ सक्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button