दशैं तथा दिपावलीको अवसरमा खेलाडीहरु जुटे पोखरा रंगशालाको सरसफाइमा 

पोखरा । नेपालीहरुको महानपर्वहरु नजिकिंदैं जाँदा खेलाडीहरु पोखरा रंगशालाको सरसफाइमा जुटेका छन ।

कोभिड १९ का कारण विगत ७ महिना देखि वन्द पोखरा रंगशालामा पुनः खेलकुदको माहोल बनाउन खेलाडीहरुले रंगशालाको सरसफाई गरेका हुन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको नेतृत्वमा “हाम्रो रंगशाला हामी आफै सफा गर्छौ” भन्ने अभियानका साथ भएको सरसफाई कार्यक्रमको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सम्पन्न श्रेष्ठले गर्नु भएको थियो ।

सो अवसरमा राखेप सदस्य श्रेष्ठले खेलाडीहरुको मनोवल उच्च बनाई राख्न र खेलकुदको अभियानलाई निरन्तरता दिन सरसफाई कार्यक्रम महत्वपुर्ण हुने बताउनुभयो । उहाँले अहिलेको महामारीको अवस्थालाई मध्येनजर गर्दै राज्यले अवलम्वन गरेका स्वास्थ्यका मापदण्ड अपनाएर नियमित अभ्यासमा जुट्न आग्रह गर्नुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक गोदारले विगतका वर्षहरुमा झैं खेलाडीहरु रंगशाला सरसफाई अभियानमा जुटेको बताउँदै यस्ता अभियानले खेलाडीहरुमा थप हौसला मिल्ने बताउनुभयो । नेपालीहरुको पर्वहरु नजिकिंदै गएको र कोभिडको महामारी पनि रहेकोले सामाजिक दुरी कायम गर्दै खेलाडीहरु निरन्तर आफ्नो कर्ममा जुटनुपर्ने उहाँले बताउनुभयो ।

कास्कीमा रहेका विभिन्न २१ वटा खेलकुद संघका पदाधिकारी तथा खेलाडीहरु सरसफाई अभियानमा जुटेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button