पोखरामा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते

पोखरा न्यूज । पोखरा–२६ बुढीबजारमा शनिबार बिहान मोटरसाइकलले ठक्कर दिँदा एक युवती गम्भीर घाइते हुनुभएको छ ।

प्रदेश नं.२–०१–००१ प १९७९ नं.को मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्री पोखरा–.२७ रिठ्ठेपानी निवासी ३२ वर्षीया सीता गुरुङ गम्भीर घाइते हुनुभएको हो ।

घाइते गुरुङको गण्डकी मेडिकल कलेज नयाँबजार पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button