पोखरामा जीपले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु

पोखरा न्यूज । पोखरा–२ बागलुङ बसपार्कमा गएराति जीपको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

पोखरा–बाग्लुङ लोकमार्ग अन्तरगत पोखरा–२ बागलुङ वसपार्क नजिकै ग १ ज ५८९६ नं को बलेरो जीपले ग १२ प ५३१३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कास्की माछापुच्छे गाउँपालिका–७ धम्पुस निवासी २६ वर्षीया तारा बिकको मृत्यु भएको हो ।

गएराती ९ : ०५ मा जीपको ठक्करबाट गम्भीर घाइते भएकी बिकको घटनास्थलमा नै मृत्यु भएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले पोखरा न्यूजलाई बताउनुभयो ।

घटनापछि जीप चालक गोरखा आरुघाट गाउँपालिका-९ निवासी २१ वर्षीय सुदीप विक र जीपलाई प्रहरीले  नियन्त्रणमा लिएको छ  ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button