पोखरा वडा नं १६ का पूर्व अध्यक्ष वस्नेतको निधन

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ का पूर्व अध्यक्ष उदय वहादुर वस्नेतको आइतवार निधन भएको छ ।

मृगौला रोगवाट पिडित ६८ वर्षीय पूर्व अध्यक्ष वस्नेत उपचारका क्रममा मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा आइतवार निधन भएको हो । नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य समेत रहनु भएका उहाँ आफ्नो जिवनकालमा लोकप्रिय भलिवल खेलाडी समेत हुनुहुन्थ्यो भने कास्की जिल्ला खेलकुदको विकास समितीको दुई कार्यकाल नेतृत्व समेत सम्हाल्नु भएको थियो ।

उहाँको आजनै अन्त्येष्टि गरिएको र उहाँको सम्मान गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी शुव्वा गुरुङले सम्मानमा पार्थिव शरिरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । यसै गरी प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, पोखरा महानरपालिकाका प्रमुख मान वहादुर जिशी, पार्टीका नेता तथा कार्यक्रताहरु उहाँलाई श्रद्धाञ्जली दिन गोष्तेघाट पुगेका थिए । उहाँको श्रीमती, दुई छोरा, दुई छोरी हुनुहुन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button