दावाको गीतमा आकाश र गरिमाको रोमान्स

पोखरा न्यूज । गायक दावा गुरुङको नयाँ गीत ’हिजो जस्तो लाग्छ’ सार्वजनिक भएको छ ।

केही दिन अगाडि सार्वजिनक भएको गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र गरिमा शर्माको प्रेम र रोमान्स हेर्न पाइन्छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गर्नुभएको हो । म्युजिक भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।

अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउदै स्तरीय सिर्जनाहरु निरन्तर सार्वजनिक गरिरहेका संगीतकर्मी हुनुहुन्छ दावा गुरुङ । गीतमा गुरुङ सँगै वानिका प्रधानको युगल स्वर सुन्न पाइन्छ । गीतको शब्द , संगीत गायक दावा को नै हो । गीतलाई रोमी बस्नेतले संगीत संयोजन गर्नुभएको छ ।

२०५६ साल बाट आफ्नो संगीत यात्रा प्रारम्भ गर्नुभएका गायक गुरुङले हाल सम्म २ वटा स्टुडियो एल्वम र अन्य थुप्रै गीतहरु सार्वजनिक गरिसक्नुभएको छ। २०६५ सालमा गायक गुरुङ ईमेज अवार्ड र हिट्स एफएम अवार्ड बाट समेत सम्मानित भैसक्नुभएको छ ।

भिडियो गायक गुरुङको च्यानल ’सिङ्गर दावा गुरुङ अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो। प्रेमिल शैलीको यस गीतमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ। भाइरल र ट्रेण्डिङ भन्दा पनि स्तरीय सिर्जनाहरु स्रोता दर्शक माझ प्रस्तुत गर्दै जाने गायक गुरुङको वाचा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button