पोखरालाई फुटबलको केन्द्र बनाउन चाहन्छौ–एन्फा अध्यक्ष शेर्पा

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले पोखरालाई केन्द्र बनाउने बताउनुभएको छ ।

पोखरामा फुटबलको अन्तर्राष्ट्रिय गतिविधी सँगै माछापुच्छ्रे गाउँपालिका भिंडावारीमा निर्माण हुन लागेको एन्फा फुटबल एकेडेमी वारे प्रदेश मुख्यमन्त्री पृथ्वी शुव्वा गुरुङ संग छलफल गर्न पोखरा आएको अध्यक्ष शेर्पाले बताउनुभएको हो । मुख्यमन्त्री सँगको भेटघाट पछि कुरा गर्दै अध्यक्ष शेर्पाले पोखराको फुटबल विकासमा मुख्यमन्त्री सकारात्मक रहेकोले आफू लाई निकै उर्जा मिलेको बताउनुभयो ।

पोखरालाई फुटबलको हव बनाउन पूर्वाधार निर्माणमा केही सुधार हुन सके फिफा र एफसीका धेरै भन्दा धेरै कार्यक्रमहरु पोखरा ल्याउन सकिने वारेमा समेत मुख्यमन्त्रीको सँग छलफल भएको बताउँदै अध्यक्ष शेर्पाले भन्नुभयो–“उहाँ एकदमै पोजेटिभ देखिनुभएको छ, आजको छलफलले पोखरा फुटबलको केन्द्र वन्ने संकेत देखाएको छ ।” माछापुच्छ्रे गाउँपालिका भिडावारीमा निर्माण हुन लागेको फुटबल एकेडेमीका लागि पनि मुख्यमन्त्री सँग छलफल भएको र त्यसको निर्माण छिटो शुरु होस भन्ने समेत चाहेको उहाँले बताउनुभयो । उहाँले भिडावारीको टेण्डरको प्रक्रिया अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो ।

अध्यक्ष शेर्पाले भन्नुभयो–“पोखरा रंगशालाको निर्माण हुने तरखरमा रहेकोले पनि त्यसको उद्घाटन एउटा अन्तर्राष्ट्रियस्तरको मेत्रीपूर्ण फुटवल प्रतियोगितावाट होस भन्ने चाहन्छौ ।” उहाँले विदेशी टिम वोलाउने वित्तिकै त्यसका लागि पूर्वाधार निर्माणका आवश्यकताहरु पुरा गर्नुपर्ने रहेको बताउँदै पोखरा रंगशालामा फ्लड् लाइटको व्यवस्था हुनुपर्ने कुरा औल्याउँनुभयो । उहाँले भन्नुभयो–“फ्लड् लाइटका लागि ७ देखि ८ करोड आवश्यक पर्छ त्यसवारे मुख्यमन्त्रीज्यू सँगको भेटमा कुरा भएको छ र उहाँ यसवारे सकारात्मक देखिनुभएको छ ।”

धेरै देशहरुले नेपालमा आएर खेल्न चाहेका प्रस्तावहरु एन्फालाई प्राप्त भइरहेकोले पनि कोभिडका कारण शुष्त रहेको नेपाली फुटबललाई गति दिन अन्तर्राष्ट्रियस्तरका मैत्रीपूर्ण खेलहरुवाट शुरुवात गर्न गर्न सके खेलाडी सँगै खेलप्रेमीहरुलाई उर्जा प्राप्त हुने अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले अहिले कोभिडका कारण स्थगित भएका प्रशिक्षणहरु शुरुवात गर्ने र अन्तर्राष्टिय मैत्रीपुर्ण खेलहरुका सञ्चालन गर्न सके मुलुकमा फेरी फुटवलको वातावरण वन्न सक्ने बताउनुभयो ।

कोभिड महामारीका कारण रोकिएका एन्फा लिगहरु देशभर सञ्चालन गर्र्न र त्यसका लागि मिती चाँडैनै घोषणा गर्ने तर्फ एन्फा जुटिरहेको समेत अध्यक्ष शेर्पाले जानकारी दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button