पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माविमा शोक सभा

पोखरा । पुर्व वडाध्यक्ष उदय व. वस्नेतको स्मृतिमा विन्ध्यवासिनी मावि वाटुलेचौरले सोमवार शोकसभा गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेका वस्नेतको आइतवार विहान ६८ वर्षको उमेरमा निधन भएको थियो । शोक सभामा वोल्दै विद्यालय व्यवस्थापन समितिका सदस्य गुरुदत्त भट्टराईले स्व. वस्नेतले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै उहाँको योगदानलाई विद्यालयले सदैव सम्मान गरिरहने वताउनुभयो ।

विद्यालयका प्राचार्य कृष्ण प्रसाद आचार्य, लेखापाल जीवनारायण श्रेष्ठ जीवनले स्वर्गीय वस्नेत वहुआयामिक व्यक्तित्व रहेको वताउदै उहाँले आफ्नो पुरै जीवननै शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, राजनीति र सामाजिक क्षेत्रमा लगाएको वताउदै, विद्यालयले एक असल, विकासप्रेमी व्यक्तित्व गुमाएकोमा दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक सघंका सदस्य, विद्यालयका शिक्षक, कर्मचारी लगायतले स्वर्गीय वस्नेतको तस्वीरमा माल्र्यापर्ण सहित पुष्प अर्पण गरेका थिए । स्वर्गीय वस्नेत २०६१ सालदेखि २०६३ सालसम्म विद्यालयको अध्यक्ष वन्नुभएको थियो । उहाँकै कार्यकालमा विद्यालयमा भवन निर्माण शैक्षिक स्तरोन्नति लगायतका महत्तवपुर्ण कार्य भएका थिए । हाल उहाँ विद्यालयको सल्लाहकार हुनुहुन्थ्यो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button