क्रिकेट बाहेक अरु सोच्न सक्दिन :अप्सरी बेगम

पोखरा । अप्सरी वेगम नेपाली महिला क्रिकेट खेलाडी हुनुहन्छ । कोरोनाको महामारीको कारण खेल गतिविधि रोकिँदा उहाँलाई चिन्ता लागेको छ । कहिले खेल सुरु होलान् र खेल्न पाइएला भन्ने मनमा आउने गरेको उहाँ बताउनुहुन्छ । ‘म्याचहरु नहुँदा बोर लागिरहेको छ, कहिले म्याच होला खेल्न पाइएला भन्ने मनमा हुन्छ’ वेगम भनुभयो ।

आफ्नो फिटनेस र खेल कौशलमा सुधार गर्न निरन्तर प्राटिक्स भने यो समयमा गरिरहेको उहाँले बताउनुभयो । झापा जिल्लाको काकडभित्तामा अहिले नेपाली महिला राष्ट्रिय टिमको कप्तान रुविना क्षत्री सहित ९ जनाले नियमित अभ्यास गरिरहेको वेगमले जनाउनुभयो । ‘हामीले प्राटिक्स र फिटनेस गरिरहेका छौँ । एउटा ग्राउण्ड थियो । त्यहाँ क्वारेन्टाइन बनाइदिएको छ । अर्को सानो ग्राउण्ड थियो त्यहाँ नै प्राटिक्स गरिरहेका छौँ’ वेगम बताउनुहुन्छ ।

हाल प्रशिक्षकको निर्देशनमा सिक्दै मिलन क्रिकेट एकेडेमीकै ब्वाइज गुप्रसँग मिलेर प्राटिक्स गरिहेको वेगमले सुनाउनुभयो । दैनिक दिउँसो १ बजेदेखि साढे ४ बजेसम्म प्राटिक्स गर्ने उहाँहरुको दैनिकी हो । फिटनेसमा सुधार गर्न जिम जानुहुन्छ । फुसर्द हुँदा घरमानै बसरे फिटनेसको लागि प्राटिक्स गर्ने गर्नुहुन्छ ।

त्यसोत वेगमलाई क्रिकेट खेलप्रति सानैदेखि रुचि थियो । घर नजिकै दिदीहरुले क्रिकेट खेलेको देख्दा उहाँमा क्रिकेट खेलप्रतिको आर्कषण झनै बढ्यो । त्यतिबेला वेगम बोडिङ स्कूलमा पढ्नुहुन्थ्यो । उहाँको इच्छा क्रिकेट खेल्ने थियो । तर उहाँले पढिरहेको बोडिङ स्कूलमा क्रिकेट खेल्नलाई छुट थिएन । उहाँको मनमा भएको इच्छा झनै बढ्दै गयो । आफ्नो मनको रहर परिवारमा सेयर गर्नुभयो । यसमा परिवारको सर्पोट रह्यो । फलस्वरुप उहाँ क्रिकेट खेल्नका लागि बोडिङ स्कूल छोडेर सरकारी स्कूलमा भर्ना हुनुभयो ।
‘सानोमा दिदीहरु खेलेका देख्थे त्यतिबेला म बोडिङ स्कूल पढ्थे । तर बोडिङ स्कूलबाट क्रिकेट खेल्न पाइदैनथ्यो, अनि क्रिकेट खेल्ने रहरका कारण सरकारी स्कूलमा पढ्न थाले । यसमा परिवारबाट सर्पोट थियो’ पोखरा न्यूजसँग कुरा गर्दै वेगमले भन्नुभयो ।

परिवारले दिएको स्वीकृतिले उहाँलाई अगाडि बढ्न हौसायो । ‘परिवारबाट मिलन क्रिकेट एकेडेमीमा भनिदिनु भयो, सायद ५ कक्षामा पढ्दाबाट होला, अनि खेल्न पाए’ वेगम भन्नुहुन्छ ।

मिलन क्रिकेट एकेडेमीमा भर्ना भैसकेपछाडि उहाँको खेल जीवनले गति पायो । खेल्दै, सिक्दै आफूमा निखारता थप्ने माहोल उहाँलाई मिल्यो । आफ्नो खेल कौशल देखाउने एकपछि अर्को अवसर उहाँको जीवनमा आए ।

केही समय नागरिकताका कारण उहाँलाई समस्या परेको थियो । सो समयमा उहाँले खेल खेल्न छोड्ने मनस्थिति समेत बनाउनुभएको थियो । सबैको सर्पोटले नागरिकता हात परिसकेपछि उहाँको ध्यान खेलमा मात्रै केन्द्रित भएको छ । ‘बीचमा डकुमेन्टको समस्या आएको थियो, अहिले सो समस्या समाधान भयो, हार मानिसकेकी थिए, तर सबैको सर्पोटले नागरिकता हात पारे’ उहाँले सुनाउनुभयो ।

आफ्नो लक्ष्य महिला क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्दै विश्वकप खेल्ने रहेको छ । ‘मेरो लक्ष्य देशको लागि खेलौ, राम्रो पार्टनरसीप लिएर महिला क्रिकेट टिमलाई वल्डकपमा पु¥याई उपाधि जितौ भन्ने सपना छ’ आफ्नो सपना सुनाउनदै उहाँले भन्नुभयो ।

क्रिकेट बाहेक अरु सोच्न नसक्ने बताउने वेगम निरन्तर क्रिकेट खेल्दै खेल पारखीको मनमा बस्न चाहनुहुन्छ । उहाँले पाएका अवसरलाई सदुपयोग गर्दै क्रिकेटप्रेमीको माया पाउन सफल हुनुभएको छ । वेगमको सबल पक्ष आक्रामक व्याटिङ हो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button