पत्रकार महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेकी आमा सोमादेवी कोइरालाको निधनप्रति दुःख व्यक्त गरेको छ । त्रियानब्बे वर्षीय कोइरालाको आज ललितपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

‘महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेकी आमा सोमादेवी कोइरालाको दुःखद निधन भएकाप्रति महासङ्घ स्तब्ध भएको छ, दुःखको यस घडीमा पूर्वअध्यक्ष गाउँले र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । स्व कोइरालाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button