पोखरामा फेरी थपिए १७ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरा महानगरपालिकाका १७ र तनहुँका २ जना गरी गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ११ वटा वडाका १० पुरुष र ७ जना महिला सहित वडा नखुलेका एक पुरुष तथा तनहुँ आँवुखैरेनीका एक बालक र वन्दीपुरकी एक महिलामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं ५ का एक पुरुष , ७ का एक पुरुष, ९ का दुई महिला, १० का दुई महिला, ११ का एक पुरुष, १३ का पुरुष, १५ का एक पुरुष र एक महिला, १७ का दुई पुरुष, २४ का एक पुरुष, २५ का एक पुरुष, ३० का एक पुरुष र वडा नखुलेका एक पुरुषमा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका मध्ये पोखरा ७ का पुरुष, पत्रकार हुन भने वडा नं १० की एक महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै तनहुँ आँवुखैरेनी ३ का एक १२ वर्षीय बालक र वन्दीपुर १ की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशका कोरोना संक्रमित हुनेको संख्या ५ हजार २४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button