तनहुँमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी ३० वर्षपछि पक्राउ

तनहुँ । कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरी अदालत बुझाएको छ ।
तनहुँ घिरिङ गाउँपालिक–५ निवासी ६६ वर्षीय जोकबहादुर श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको प्रहरी टोलीले मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला अदालत तनहुँले श्रेष्ठलाई २०४८ चैत्र १९ गते कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button