कतारमा कोरोना संक्रमितको संख्या घट्दै

दोहा कतार । विश्व कोरोनाले आक्रान्त बनिरहेको छ । गत फेब्रुअरीको अन्तिम साता कतारमा पहिलो पटक कोरोना देखिएको थियो ।

पछिल्लो ८ महिनामा कतारले यसको चरम उत्कर्ष भोगेको छ भने अहिले कोरोनालाई परास्त गर्नमा सफल हुँदै गई रहेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोनाको सङ्क्रमण घट्दै गएको देखिएको छ । अब निको हुन् २ हजार ८ सय १२ जना मात्र बाँकी रहेका छन् ।

पछिल्लो २४ घण्टामा २१४ जनामा कोरोना पोजेटिभ देखिएको छ जस मध्य १९२ जना स्थानीय नागरिक हुन् भने २० जना कतार बाहिरबाट प्रवेश गरेका नयाँ व्यक्तिहरू हुन् । १९७ जनाले स्वास्थ्य लाभ गरेका छन् । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२० रहेको छ, जस मध्य १८ जना नेपाली नागरिक रहेका छन् ।

तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७९ जनामा गरिएको परीक्षण गरिएको हो । हालसम्म कतारमा सङ्क्रमितको सङ्ख्या १ लाख २८ हजार ४ सय ०५ पुगेको छ भने १ लाख २५ हजार ३७३ जनाले स्वास्थ्य लाभ गरी सकेका छन् । सङ्क्रमित मध्ये ३ सय ८७ जनालाई डाक्टरहरूको निगरानीमा अस्पतालको क्वारेनटिनमा राखिएको छ भने थप ४३ सहित ५६ जनालाई आइसियुमा राखी उपचार जारी राखिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button