मिस युनिभर्स नेपाल २०२० को उपाधि चुम्ने सृष्टिको रहर

पोखरा । पोखरा अर्चलबोटकी सृष्टि आचार्यलाई स्कूल पढ्नेबेला देखिनै मिस नेपालमा भाग लिने रहर थियो । सुन्दरी प्रतियोगिता विजेता देख्दा उहाँलाई सुन्दरी प्रतियोगितामा भाग लिएर ताज पहिरने रहर मनमा पलाउथ्यो ।

फेसबुक, इन्स्टाग्राम चलाउन थालेपछि उहाँले नेपाल सहित विश्वमा आयोजना हुने ठूला सुन्दरी प्रतियोगिताका विजेताहरुलाई ‘फलो’ गर्न थाल्नुभयो । हालसम्म मिस नेपालको उपाधि जितेका लभभग सबैलाई ‘फलो’ गरेको उहाँ बताउनुुहन्छ । ‘सानैदेखि विश्वका ठूला सुन्दरी प्रतियोगिता मिस युर्निभस, मिस वल्ड हेर्ने र ती प्रतियोगीताका विजेताहरुलाई पछ्याउने गर्थे, उनीहरुका हरेक कुराले प्रभाव पाथ्र्यो, जुन अहिलेसम्म जारी नै छ’ पोखरा न्युजसँग कुरा गर्दै सृष्टिले भन्नुभयो ।

सन् २०१५ मा प्लस टु सकेपछि उहाँले पोखरामा आयोजना भएको ‘मिस डिभा पोखरा’ प्रतियोगितामा भाग लिनुभयो । पहिलो सहभागितामा उत्कृष्ट पाँच भित्र परेर बेष्ट स्किन, बेष्ट फेसन आइकन र वेष्ट पर्फमेन्सको सवटाइटल जित्नुभयो । यसले उहाँमा केही उर्जा थप्यो । लगत्तै पोखराको गण्डकी टेलिभिजनमा भिजे बनेर काम गर्नुभयो । हुनत उहाँलाई टेलिभिजनमा काम गर्ने रहर समेत सानैदेखिको थियो । उहाँलाई सुन्दरी प्रतियोगितामा भाग लिएर उपाधि चुम्ने रहरले पछ्याइरहेको थियो । सोही कारण सन् २०१६ मा पोखरामा आयोजित मिस गण्डकी प्रतियोगीतामा भाग लिनुभयो । यसपाली समेत उहाँको उपाधि चुम्ने रहर पुरा भएन । सेकेन्ड रनर्सअप सहित वेष्ट कम्प्लेसनको सवटाइटल भने हात प¥यो ।

उहाँले सन् २०१५ वाट नै फोटोसुट र पोखरामा आयोजना हुने ‘फेसन सो’ मा ‘¥याम्पवाल्क’ गर्नुहुन्थ्यो । उहाँले विज्ञापन, म्युजिक भिडियोमा समेत मोडलको रुपमा काम गर्नुभयो । यसले उहाँमा थप निखारता थप्यो । हालसालै उहाँले ‘सर्ट मुभी ’मा अभिनय गर्नुभएको छ । मुभी सार्वजनिक हुने तयारीमा छ ।

उहाँले स्नातक उत्रिर्ण भए पश्चात मिस नेपालमा भाग लिने सोच बनाउनु भएको थियो । ‘मेरो स्नातक तहको पढाई सकियो । अब मिस नेपालमा प्रतिष्पर्धा गर्ने तयारी गर्दै थिए । तर समाचार आयो यसपाली हिडन टे«जरले मिस युनिभर्स नेपाल गर्न पाउदैन भनेर । यसले मेरो मन खिन्न भयो’ सृष्टिले भन्नुभयो ।

फेरि मिस वल्ड नेपालमा प्रतिष्पर्धा गर्छु भन्ने सोच बनाउनु भएको थियो । तर पोखराको अडिसन दिन पाउनुभएन । काठमाण्डौको अडिसन कुर्दा कुर्दै कोरोना महामारी सुरु भयो । उहाँ कोरोनाकै कारण स्नाकोत्तरमा भर्ना समेत हुन पाउनुभएन । तर ‘फ्रि’ भएर बसेको बेलामा अरुनै आयोजकले मिस युनिभर्स नेपाल गर्न लागेको थाहा पाएपछि उहाँको उत्साह थपियो । ‘एप्स’ बाट नै सबै कुरा गर्न पाइने डिजिटल प्लार्टफम भएकोले यसले उहाँलाई आर्कषित ग¥यो ।

सबै खालका युवतीले सहभागिता जनाउन पाउने यो प्रतियोगिताको विशेषता रहेको थियो । अब म मिस युनिभर्स नेपाल बन्छु भन्ने धुनमा उहाँ लाग्नुभयोे । उहाँ भन्नुहुन्छ– ‘दिनरात तयारी गर्न थाले । मैले सधै आफूलाई मिस युनिभर्स नेपाल भएको सपना देख्छु । अहिले यसमा अडिसन दिइसकेकी छु । उत्कृष्ट ५० को छनौट हुदैछ । त्यसमा छनौट हुनका लागि मेरो भिडियोमा धेरै लाइक आउनु पर्नेछ । त्यसैले सबैले मिस युनिभर्स नेपाल एप्स डाउनलोड गरेर मेरो भिडियोलाई सकेसम्म धेरै लाइक गर्नुहोला म दिनदिनै भिडियो पोष्ट गर्नेछु ।’

सृष्टिसँग हस्पिटालिटी नेपाल इभेन्टमा आयोजक बनेर काम गरेको अनुभव छ । यो प्रतियोगिताको चौथो संस्करण कोरोनाका कारण रोकिएको छ । मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठको ‘म नेपाली लिमिटेड’ले यस्को फ्रेन्चाइज नेपालमा ल्याएको हो । यो प्रतियोग्गितामा पहिलोपटक हुन लागेको हो । श्रेष्ठ संस्थाको संस्थापक हुनुहुन्छ । यस प्रतियोगितामा सबै खालको मोडल सहभागी हुनेछन् । प्रतियोगिताको फाइनल डिसेम्बर १८ तारेखमा गर्ने तयारी छ । हालसम्म एप्स मार्फत प्रतिष्पर्धा भइरहेका छ । उत्कृष्ट १४ छनोट पछि भने काठमाण्डौ जानुपर्छ । फाइनल स्टेज कार्यक्रमका बीचनै गर्ने आयोजकको तयारी छ ।

२२ वर्षीय पोखरेली चेली सृष्टिले पहिलो मिस युनिभर्स नेपाल २०२० को उपाधि चुम्ने लक्ष्य बनाउनुभएको छ । ‘मेरो लक्ष्य प्रतियोगीताको फाइनलमा पुगेर उपाधि जित्ने नै हो, यसमा सबैका साथ सहयोग चाहिन्छ’ उहाँले भन्नुभयो ।सृष्टिको भविष्यको लक्ष्य युवतीहरुको क्षमता विकास गर्न स्कूल खोल्ने रहेको छ । ‘भविष्यमा महिला व्यवसायी बनेर आफैले सुन्दरी प्रतियोगीतामा अगाडि बढ्ने युवतीलाई सहज बनाउन स्कुल स्थापना गर्ने रहर छ’ उहाँले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button