एलपी ग्यास सिलिण्डर धरौटी तोकियो

पोखरा न्यूज संवाददाता । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताउनुभयो । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा पनि लागू हुने उहाँले बताउनुभयो । एकै प्रकारको सिलिण्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउनको लागि पनि प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठिक भएको बताउनुभयो ।

संघले तोकेको भन्दा बढी रकम लिएमा गैह्र कानूनी हुने पनि उहाँले बताउनुभयो । अहिलेसम्म उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफूले खरिद गरेको पसलबाट विल लिनुपर्ने पनि अध्यक्ष भण्डारीले स्पष्ट पार्नुभयो ।

उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पनि विगतमा एकै प्रकारको सिलिण्डरको मूल्य फरकफरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने गरी सिलिण्डरको मूल्य तोकिनु उपभोक्ताको दृष्टिकोणले ठिक भएको बताउनुभयो । तर विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिण्डरको विल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो । अहिले सम्म बिक्री भएका सिलिण्डरको बिल कसले दिने हो भन्ने सम्बन्धमा नेपाल एलपी ग्यास उद्योगसँगले समन्वयकारी भूमिका खेल्नुपर्ने तिमिल्सिनाले बताउनुभयो ।

संघको गत शुक्रबार बसेको साधारणसभाले सिलिण्डरको धरौटी तोकेको हो । तर यसअघि उपभोक्ताको घरमा पुगेका सिलिण्डरको हकमा कसरी बिल जारी गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरेन । यसबाट उद्योगको सम्पत्तिको रुपमा रहने सिलिण्डरको विभिन्न दायित्व आम उपभोक्ताले नै बेहोर्नुपर्ने स्थिति आउने सम्भावना देखिन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button