पोखरामा मंगलबार ५२ कोरोना संक्रमित थपिए

पोखरा न्यूज  । गण्डकी प्रदेशमा मंगलबार थप १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकाका ५२ सहित गण्डकी प्रदेशका ६ जिल्लामा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा पोखराको मणिपाल अस्पतालमा उपचाररत २६ वर्षीय पुरुष, चरक मेमोरियल हस्पिटलमा उपचाररत ४२ वर्षीय पुरुष तथा गण्डकी मेडिकल कलेजमा उपचाररत ३२, ३६, ३८ र ७० वर्षीय पुरुष तथा २३ वर्षीया महिला रहेका छन् ।
त्यसै गरी पोखरा महानगर वडा नं. १ की १ महिला, २ का १ पुरुष, ३ का २ पुरुष र १ महिला , ५ का ३ पुरुष ७ का ६ पुरुष र १ महिला, ९ का २ पुरुष र २ महिला, १० का १ पुरुष २ महिला, ११ का २ पुरुष, १३ का पुरुष, १४ का २ पुरुष, १५ का १ पुरुष र १ महिला, १७ का ४ पुरुष, १९ का २ पुरुष, २० की एक महिला, २४ का १ पुरुष, २५ का एक पुरुष, २५ का १ पुरुष, २७ की १ महिला, ३० का १ पुरुष, ३१ का १ पुरुष तथा वडा नखुलेका ५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

लमजुङ मध्येनेपाल र सुन्दरबजारका १-१ जना पुरुष, लमजुङ दोर्दी गाउँपालिका स्थित लिवर्टी हाइड्रोपावरमा कार्यरत २४ पुरुष र ३ महिला, स्याङजा चापकोटका १० पुरुष तथा ४ महिला, वालिङ १ का एक पुरुष, ९ का एक पुरुष, १० का एक पुरुष, पर्वत जलजला ८ का एक पुरुष, कुश्मा १ का एक पुरुष र मनाङ चामेकी एक महिलामा कोरोना देखिएको छ।

तनहुँ शुक्लागण्डकी ५ की एक महिला, सोही नगरपालिका अन्तरगत ठेगाना नखुलेका ३ वर्षीय बालक र एक महिनाकी बालिका, भिमाद ६ का तिन महिला र चार पुरुष, व्यास ११ का एक पुरुष, व्यास २ का तिन पुरुष र तिन महिला, ३ का तिन पुरुष र चार महिला, ४ का एक महिला र एक पुरुष, आँवुखैरेनी ३ का एक १२ वर्षीय बालक र वन्दीपुर १ की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशका कोरोना संक्रमित हुनेको संख्या ५ हजार १ सय पुगेको छ । गण्डकी प्रदेशमा मंगलबार थप १ सय ३० जना डिस्चार्ज भएसँगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ४ सय ४९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button