पोखराका १० वटा वडामा थप १९ कोरोना संक्रमित भेटिए

पोखरा न्युज । गण्डकी प्रदेशमा शुक्रबार बिहान ७८ जना  कोरोना संक्रमित थपिएका छन । कास्कीको पोखरा महानगरका १९  सहित तनहुँका ६ , वागलुङका ७ , गोरखाका ६, नवलपुरका ३८  र लमजुङका ३  जना गरी थप ७८  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  निर्देशनालय गण्डकीले  जनाएको छ  ।

संक्रमण पुष्टि हुनेहरुमा पोखराको ५  का २ पुरुष,  ८ का १  पुरुष , ९ का १  पुरुष, १२ का १  पुरुष , २६ का  १  पुरुष, २७  का ४  पुरुष, २८  की १ महिला, २९  का १४  पुरुष र १ महिला, ३० का १ पुरुष र १ महिला तथा ३२ की १ महिला रहेका  रहेका छन् ।
त्यस्तै तनहुँको, ऋषिङ ४ का १ पुरुष,  ब्यास ३  का ५  पुरुष ,गोरखा पालुङटार १ का १ पुरुष, २ का १ पुरुष, ५  का १  पुरुष र १  महिला, गोरखा नगरपालिका १० का १ पुरुष,  लमजुङ सुन्दरबजार १० की १ महिला तथा  वडा नखुलेका १  पुरुष  र १ महिला, वागलुङ गल्कोट ४ का १ पुरुष तथा १ पुरुष, ६ का ३ पुरुष , ७ की १ महिला, ९ की १ महिला, नवलपुर कावासोतीका ३  की १ महिला, ८ का २ पुरुष तथा ३ महिला, ९ की १ महिला  र  देवचुलीका १० वटा वडाका  ९  पुरुष  तथा ४  महिला तथा गैंडाकोटका ६ वटा वडाका १४ पुरुष र ४ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४  सय ३४  पुगेको छ । बिहीबार थप १८ जना डिस्चार्ज भए संगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ४ सय ८८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button