शुक्रबार पोखरामा ४७ कोरोना संक्रमित थपिए, थप १ को मृत्यु

पोखरा न्यूज । पछिल्लो २४ घन्टामा कास्कीको पोखरा महानगरपालिकाका ४७ सहित गण्डकी प्रदेशका ९ जिल्लामा १ सय ४५ कोरोना संक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का दुई पुरुष, २ का एक पुरुष, ३ का एक पुरुष, ४ का दुई पुरुष, पोखरा ५ का दुई पुरुष र एक महिला, ७ का दुई महिला, ८ का एक पुरुष र दुई महिला, ९ का दुई पुरुष र एक महिला, १० का एक पुरुष, ११ का एक महिला र एक पुरुष, १२ का दुई पुरुष, १३ का एक पुरुष, १४ का एक पुरुष, १७ का तीन पुरुष र एक महिला, २० का एक पुरुष, २६ का एक पुरुष, २७ का चार पुरुष, २८ की एक महिला र एक पुरुष, २९ का १४ पुरुष र एक महिला, ३० का एक पुरुष र एक महिला, ३२ की एक महिला, ३३ की नौ महिने बालिका, वडा नखुलेका एक पुरुष, मेट्रोसिटी अस्पताल सृजनाचोकमा कार्यरत पोखरा २५ का २७ वर्षीय पुरुष चिकित्सक तथा सोही अस्पतालमा उपचाररत पर्वत कुश्मा ५ की एक महिला रहेको स्वास्थ्य  निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै म्याग्दी अन्नपूर्ण गाउँपालिका ५ का एक पुरुष, स्याङ्जा हरिनास गाउँपालिका ६ का एक पुरुष, पुतलीबजार नगरपालिका–२ का एक पुरुष, कालिगण्डकीका वडा  नखुलेका दुई पुरुष र एक महिला, लमजुङ मध्यनेपाल नगरपालिका ४ का एक पुरुष, वेँसीसहर ७ का एक पुरुष, ८ का एक पुरुष, राइनास ५ का एक पुरुष, सुन्दरबजार ७ का एक पुरुष, १० की १ महिला तथा वडा नखुलेका १ पुरुष र १ महिलामा कोरोना संक्रमण देखिएको छ ।

गोरखा भिमसेन थापा गाउँपालिका ४ का एक महिला, आरुघाट गाउँपालिका ४ का एक पुरुष र एक महिला, ५ का एक पुरुष, ९ का तीन पुरुष, १० का दुई पुरुष, पालुङटार १ का एक पुरुष, २ का एक पुरुष, ५ का एक पुरुष र एक महिला, गोरखा नगरपालिका १० का एक पुरुष, तनहुँको ऋषिङ ४ का एक पुरुष, ब्यास ३ का पाँच पुरुष, वागलुङ गल्कोट ४ का एक पुरुष तथा १ महिला, ६ का तिन पुरुष , ७ की एक महिला, ९ की एक महिला, बागलुङ नगरपालिका २ का एक पुरुष, ४ का एक पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका वडा नं ६, ७, ९, १० र १५ गरि ५ वडामा तीन वर्षीय बालक सहित सात पुरुष र आठ महिला, कावासोती ३ की एक महिला, ८ का दुई पुरुष तथा तिन महिला, ९ की एक महिला, देवचुलीका १० वटा वडाका नौ पुरुष र चार महिला तथा गैंडाकोटका ६ वटा वडाका १४ पुरुष र ४ महिलामा कोरोना पुष्टि भएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२ जना डिस्चार्ज भएसंगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५ सय १० पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । वागलुङको ढोरपाटन नगरपालिका ७ स्थायी घर भई शसस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षीय पुरुष प्रहरीको गए राति ११:३० वजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button