उपभोक्ता ठगी गर्नेलाई कारवाही

चितवन । जिल्लामा उपभोक्तालाई ठगी गरेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ता ठगी गरेको अभियोगमा ५० हजार रुपैयाँ जरिवाना सहित कारवाही गरिएको हो ।

वाणिज्य कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले शुक्रबार भरतपुर महानगरपालिका भित्र बजार अनुगमन गर्दा मूल्य सूची नराखिएको तथा खरिद र बिक्रि बिल उपलव्ध गराउन नसकेपछि कारवाही गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कारवाहीमा पर्नेमा नारायणगढको निर्जला स्टोर्सका अखण्ड श्रेष्ठ, सुनिता खाद्य उद्योगका नर्वो तामाङ, जय श्री वालाजी ट्रेडसका मनोजकुमार अग्रवाल, शुलभ खाद्य भण्डारका विष्णुप्रसाद पौडेल र शुभम फ्रुट टेर्डसका सन्तोष बजाज रहेका छन् ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम उनीहरुलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार सात दिन भित्र जरिवाना रकम बैंक दाखिल गरी भौचर प्रशासनमा बुझाउन उनीहरुलाई निर्देशन दिइएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button