गायक रोहनजंग कार्कीको ‘कान्छी ओ कान्छी’ गीत सार्वजनिक

पोखरा । गायक रोहनजंग कार्कीको नयाँ गीत ‘कान्छी ओ कान्छी’ शनिबार सार्वजनिक गरिएको छ । कार्कीले घटस्थापनाको शुभ दिन पारेर गीत सार्वजनिक गर्नुभएको हो । गीतबाट दर्शकको साथ सर्पो मिल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । रोमान्टिक शैलीको गीतलाई उत्कृष्ट बनाउन उहाँले निकै मेहनत गर्नुभएको छ ।

यो उहाँको दोस्रो गीत हो । कार्कीको आवाजमा रहेको गीतलाई विराज गौतमले रचना र कम्पोज गर्नुभएको हो । एरेन्जको जिम्मा शैलेष श्रेष्ठले पुरा गर्नु भएको छ । गीतलाई आकर्षक बनाउन भिडियो झनै महत्वपूर्ण बनेको छ । भिडियोमा सौरभ थापा र सुस्मिता गौचनको रोमान्स हेर्न पाइन्छ । भिडियोको छायाकंन पोखरामानै गरिएको हो । एसटु प्रोडक्सनका सुरज श्रेष्ठको निर्देशनमा भिडियो तयार भएको हो । श्रेष्ठले सिनेमेट्रोग्राफी, सम्पादन र कलर ग्रेडिङ जिम्मेवारी समेत आफैले निभाउनु भएको छ । गीतलाई एसटु प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीत तथा भिडियोको लागि निकै मेहनत सबैबाट भएकोले यो गीतले आफूलाई स्थापित हुन सघाउने गायक कार्कीको विश्वास छ ।‘गीत राम्रो बनेको छ, यो लोकपप फ्लेबरको गीत हो, पक्कै दर्शक श्रोताको माया पाउनेछ’ गायक कार्कीले भन्नुभयो ।

पोखरा १३ काहुँखोलामा जन्मनुभएका कार्कीलाई सानैदेखि गीत संगीततर्फ रुचि थियो । पोखराको ग्लोबल कलिजियट स्कुलमा कक्षा ६ मा अध्ययनरत हुँदाको समयबाट उहाँले गीत गाउन थाल्नुभयो । उहाँलाई लोकपप गीत गाउन मनपर्छ । लोकपप बिधा मार्फत नै गायन क्षेत्रमा स्थापित बन्ने उहाँको धोको छ ।

उहाँले भविष्यमा सांगीतिक क्षेत्रमा केही गर्ने उहाँको लक्ष्य बनाउनुभएको छ । त्यसोत ‘कहिले आउ’ बोलको गीत रेर्कड गराई उहाँले २०७३ सालमा नै सांगीतिक क्षेत्रमा औपचारिक यात्रा प्रारम्भ गुर्नभएको थियो । केही समय उहाँले ‘द न्यू विगिनिङ’ व्याण्ड मार्फत समेत आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउनुभयो । अहिले उहाँ सोलो गायकको रुपमा नै अगाडि बढ्न खोज्नुभएको छ ।

गायक कार्की २०७० मा आयोजित गोल्डेन आइडल प्रतियोगीतामा विजेता समेत बन्नुभएको थियो । उहाँले विगत ५ महिनादेखि आफ्नै घरमान सप्तरंगी म्युजिक सेन्टर स्थापना गरेर संगीत सिकाइरहनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button