पोखराको चरक हस्पिटलमा कोरोनाबाट थप एकको मृत्यु

पोखरा न्यूज । पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पोखरा १७  का ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार दिउसो ४:५० मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

यस अघि कोरोना सङ्क्रमण भई चरक हस्पिटलमा उपचाररत बागलुङ नगरपालिका २ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार दिउसो १२ :१० बजे मृत्यु भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button