स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

पोखरा न्यूज । स्याङजा जिल्लाको भिरकोट नगरपालिका–३ साम्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

लु १ त ५६३७ न.को ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिन जाँदा भिरकोट नगरपालिका–३ निवासी २० वर्षीय बिपिन जिटीको ईन्जिनले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परी भिरकोट नगरपालिका –३ निवासी १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन् । घाइते रिजालको जिल्ला अस्पताल स्याङजामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button