नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको छ । यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । नेपालमा हालसम्म कुल संक्रमितहरुको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण निकोहुनेहरुको संख्या १ हजार ८ सय रहेको छ । यससँगै हाल सम्म निको हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कुल १५ हजार ४ सय ३८ पीसीआर परीक्षण भएको बताउनुभयो । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ पीसीआर परीक्षण भएको छ ।आज देशभर १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २५ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् । देशभर क्वारेन्टाइनमा रहने व्यक्तिहरुको संख्या ४ हजार ७ सय १५ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button