पोखराका १९ वटा वडामा शनिबार ५४ कोरोना संक्रमित थपिए, थप १ को मृत्यु पुष्टि

पोखरा न्यूज । गण्डकी प्रदेशमा शनिबार थप १२७ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार कास्कीको पोखरा महानगरका ५४ सहित, तनहुँका ३ जना, गोरखाका ९ जना म्याग्दीका ३ जना, बागलुङका २ जना, स्याङजाका २४ जना, लमजुङका १ जना र नवलपुरका ३६ जना गरि थप १३२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका १ का ३ पुरुष,२ का २ महिला, ४ का १ पुरुष, ५ का ३ पुरुष, ७ का २ महिला, ८ का १ पुरुष तथा २ महिला, ९ का २ पुरुष तथा ५ महिला, १० का ७ पुरुष, ११ का २ पुरुष तथा १ महिला, १३ का १ पुरुष, १४ का २ पुरुष तथा १ महिला, १५ का १ पुरुष तथा १ महिला, १६ का ३ पुरुष तथा २ महिला, १७ का २ पुरुष, १८ की १ महिला, १९ का १ पुरुष र १ महिला, २२ की १ महिला, २७ का १ पुरुष, २९ का ३ पुरुष तथा वडा नखुलेका २ पुरुष रहेका छन् ।

त्यस्तै तनहुँको शुक्लागण्डकी र बन्दीपुरका १- १ पुरुष, म्याग्देका १ पुरुष, गोरखाको गोरखा नगरपालिकाका ८ पुरुष, अजिरकोटका १ पुरुष, म्याग्दीको मंगला १ र ४ का १ पुरुष तथा १ महिला, बेनीका १ पुरुष, बागलुङ जैमिनीका १ पुरुष तथा १ महिला, स्याङजाको चापाकोट १९ पुरुष तथा ३ महिला, हरिनाश र पुतलीबजारका १- १ पुरुष, लमजुङ बेसीसहरकी १ महिला तथा नवलपुर गैंडाकोटका २३ पुरुष तथा १० महिला, देबचुलीका र कावासोतीका १-१ महिलामा शनिबार कोरोना पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ३३ पुगेको छ ।

पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पोखरा १७  का ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार दिउसो ४:५० मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button