पोखरामा लागूऔषधसहित युवक पक्राउ

पोखरा न्यूज । जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो मात्रामा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पोखरा  २४ स्थायी घर भई पोखरा २६ बिजयपुर बस्ने २९ वर्षीय प्रभात सुबेदी १ सय ८० एम्पुल लागूऔषधसहित पक्राउ परेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।

सुबेदीलाई डाईजेपाम ६० एम्पुल, फेनार्गन ६० एम्पुल र नुर्फिन ६० एम्पुल गरी १८० एम्पुल लागूऔषध बोकेर हिडिरहेको अवस्थामा गएराति १ :३० बजे  बिजयपुरबाट नियन्त्रणमा लिईएको डिएसपी  हमालले बताउनुभयो ।

सुबेदीलाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत अनुसन्धान भइहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button