पोखराका थप ८ जनामा कोरोना पुष्टि, गण्डकीमा ५२ संक्रमित थपिए

पोखरा न्यूज ।  गण्डकी प्रदेशमा आइतबार बिहान  थप ५२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले  आइतबार बिहान  कास्कीको पोखरा महानगरका ८ सहित, तनहुँका १६ जना, गोरखाका ३ जना,  स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थप ५२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का २ महिला, १० का १ पुरुष तथा २ महिला,  १४ की १ महिला, १६ का १ पुरुष र २१ की १ महिला , तनहुँको शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, ब्यास २ र ४ का ४ पुरुष तथा  ४ महिला, भानुकी १ महिला रहेका छन् ।

त्यस्तै स्याङजाको वालिङका ३ पुरुष तथा १ महिला, चापाकोटका १  पुरुष, लमजुङ सुन्दरबजारकी १ महिला, गोरखाको गोरखा नगरपालिकाका १ पुरुष, तथा २ महिला  एवं  नवलपुर गैंडाकोटका ९ पुरुष तथा ३ महिला, देबचुलीका १ पुरुष तथा २ महिला र कावासोतीका १-१ महिला पुरुषमामा आइतबार बिहान  कोरोना पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button