कतारमा अनेसास शिखर पुरस्कारको स्थापना

पोखरा न्यूज संवाददाता । दोहा कतार । कतारबाट “अनेसास शिखर पुरस्कार“को बिधिवत घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरले पत्रकार सम्मेलन गरी साहित्यकार स्व. शिखर बैद्यको सम्मानमा तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ पुरुष्कार रकम रहने गरी “अनेसास शिखर पुरस्कार “को स्थापना भएको घोषणा गरेको हो ।

उक्त पुरस्कार संचालन गर्नको लागि तीन सदस्यीय ’बोर्ड अफ ट्रस्टी’को गठन समेत गरिएको छ । ट्रस्ट्रीमा स्वर्गीय शिखर बैद्यको परिवारको तर्फबाट उहाँकी धर्मपत्नी श्रीमती सविता वैद्य, साहित्यकार तथा अनेसास कतार च्याप्टरका पूर्वअध्यक्ष तीर्थ सङम राई र अनेसास कतार च्याप्टरका वर्तमान अध्यक्ष सिताराम थापा रहेका छन् ।त्यसैगरी सात सदस्यीय ’पुरस्कार समिति’ र तीन ’सदस्यीय सल्लाहकार समिति रहेको जानकारी पनि सम्मेलनमा गराईएको थियो।

बैद्यको ९ मार्च २०१४ मा देहावसान भएको थियो । उनले प्रवासमा रहँदा‘ नेपाली भाषा, साहित्य, कला, संस्कृति ,गीत संगीत र समाज सेवामा पुर्याएको योगदान र सत्कर्मलाई अजर अमर बनाई राख्न यो पुरस्कारको स्थापना गरिएको हो । नेपाली भाषा साहित्य कला गीत संगीत र समाजसेवामा लाग्ने हरेक नेपालीलाई हौसला प्रदान गर्न, मध्यपूर्व श्रमिकहरुको देश हो भनी राज्यले हेर्ने दृष्टिकोणलाई सकरात्मक बनाउन तथा प्रवासमा रहेर पनि नेपालीहरुले गरेका सकारात्मक कार्यहरु र नेपालीको पहिचानलाई सगौरव प्रस्तुत गर्ने उदेश्यले हरेक वर्ष बैद्यको जन्म जयन्तीको दिन उक्त पुरुष्कार प्रदान गरीने भएको छ ।

पुरस्कार प्राप्तिका लागि कृति प्रकाशन अनिवार्य छैन । प्रवासमा रहेर नेपाल फर्की सकेका तर प्रवासकै साहित्य लेखेको या लेखिरहेको नेपाली भाषा, साहित्य, कला, संस्कृति र गीत संगीतमा महत्वपूर्ण योगदान पुर्याउनु हुने नेपाली जो सुकै ब्यक्ति पनि पुरस्कारका लागि निर्णायकको छनौट दायरा भित्र पर्न सक्ने जमाईएको छ । ट्रष्टिले भविष्यमा अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको राईले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button