पोखरालाई चीनको कुनमिङ सहरले पठायो स्वास्थ्य सामाग्री

पोखरा न्यूज । पोखरा महानगरपालिकालाई चीनको भगिनी सहर कुनमिङले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कुनमिङ सहरबाट आएको स्वास्थ्य सामाग्री आइतबार पोखरा महानगरलाई हस्तान्तरण गरिएको छ ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयूक्त रुपमा नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले हस्तान्तरण गर्नुभयो । कुनमिङले २० हजार सर्जिकल मास्र्क, दुई हजार पीस केएन९५ मास्र्क, ७ सय ५० पीस पीपीई ग्राउण्ड र चार सय थर्ममिटर सहयोग गरेको पालिखेले बताउनुभयो ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कोरोना भाइरससंगको लडाईमा भगिनी सम्वन्ध स्थापित सहरबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । कुनमिङले गत जेठमा पनि पोखरा महानगरलाई स्वास्थ्य सामाग्री सहयोग पठाएको थियो । कुनमिङले ३१ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको पोखरा महानगरका बैदेशिक समन्वय सहजकर्ता लक्ष्मण तिमिस्लिनाले बताउनुभयो । चीनबाट सामग्री ल्याउने समन्वय विश्वशंकर पालिखेले गर्नुभएको थियो । नेपाल र चीनका नाकाहरु बन्द भएका कारण हवाई सेवा मार्फत स्वास्थ्य सामाग्री नेपाल ल्याएको पालिखेले बताउनुभयो ।

भगिनी सम्बन्ध जोडेका चीनका लिञ्जी, ग्वाङ्झाओबाट समेत गत जेठमा एक करोड बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको पोखरा महानगर समन्वयकर्ता लक्ष्मण तिमिल्सिनाले जानकारी दिनुभयो । कुनमिङसंग सन् २००१ मा पोखरा महानगरले भगिनी सम्वन्ध स्थापित गरेको थियो । हाल सम्म महानगरले १३ वटा देशसँग मितेरी सम्वन्ध स्थापना गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button