कास्कीमा आइतबार ३० कोरोना संक्रमित थपिए, कोरोनाबाट थप १ को मृत्यु

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार पोखरा महानगरका २८ र अन्नपुर्ण गाउँपालिकाका २ जना गरी कास्कीमा थप ३० सहित गण्डकी प्रदेशमा ९७ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ५ का २ महिला , ७ का २ महिला, ८ का २ पुरुष , ९ का ३ पुरुष तथा २ महिला, १० का १ पुरुष तथा २ महिला, ११ का २ पुरुष, १४ की १ महिला, १५ की १ महिला, १६ का १ पुरुष तथा १ महिला, १७ का २ पुरुष तथा २ महिला, २१ की १ महिला, ३० की १ महिला तथा अन्नपूर्ण गाउँपालिका का १ पुरुष र १ महिला रहेका छन् ।

त्यस्तै स्याङजाको वालिङका ३ पुरुष तथा १ महिला, चापाकोटका १ पुरुष, तनहुँको बन्दीपुरका १ महिला तथा १ पुरुष, शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, तनहुँको, ब्यास २ र ४ का ४ पुरुष तथा ४ महिला, भानुकी १ महिला, जिपी अस्पताल तनहुँमा कार्यरत २ महिला , लमजुङ राइनासकी १ महिला, मध्येनेपालका १ पुरुष तथा १ महिला, सुन्दरबजारकी १ महिलामा आइतबार कोरोना पुष्टि भएको छ ।

गोरखाको गण्डकी नगरपालिका का २ पुरुष तथा १ महिला, भीमसेन थापा की १ महिला, पालुङटारका १ पुरुष तथा १ महिला, गोरखा नगरपालिकाका १ पुरुष तथा २ महिला, बागलुङ जैमिनीका १ पुरुष तथा २ महिला, बरेङका १ पुरुष, बागलुङ नगरपालिकाका १ पुरुष एवं नवलपुर गैंडाकोटका १२ पुरुष तथा ३ महिला, देबचुलीका ३ पुरुष तथा २ महिला र कावासोतीका १-१ महिला पुरुषमामा कोरोना देखिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३० पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५ सय १६ पुगेको छ ।

आइतबार  पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पोखरा ९ की ७० वर्षीया बृद्धा महिलाको उपचारका क्रममा आइतबार बिहान ८:४५ बजे मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button