विनित र सानुको नयाँ गीत ‘कोइलीले गायो’

पोखरा । गायक विनित जोजिजुको नयाँ गीत ‘कोइलीले गायो’ सार्वजनिक भएको छ । गीतमा आवाज विनित जोजिजु र सानु जोजिजुको सुन्न सकिन्छ । आर सि थापाले रचना गरेको गीतमा संगीत राकेश अब्जसीले भर्नुभएको छ । गीत श्यामशुङ तामाङले एरेन्ज गर्नु भएको हो ।

जोजिजु म्युजिक सेन्टरको प्रस्तुतिमा भिडियो निर्माण गरिएको छ । भिडियोमा विनित जोजिजु, सानु जोजिजु, उत्प्रेम जोजिजु र उत्पेरणा जोजिजुलाई देख्न सकिन्छ । एकेन्द्र सारा शंकर र नेत्रबहादुर गुरुङको निर्देशनमा तयार भएको भिडियोको छायाकंन दीपकमान उदासले गर्नुभएको हो । निश्चल डान्स एकेडेमी पोखरामा पोष्ट प्रोडक्सन गरिएको भिडियोको सम्पादन एकेन्द्र सारा शंकर र कलरको काम खिमबहादुर गुरुङले पुरा गर्नुभएको छ । गीतलाई जोजिजु म्युजिक सेन्टरको अफिसियल युट्युब च्यानल मार्फत गरिएको हो ।

केही समय अगाडि विनितको कस्तो दिन आयो गीत सार्वजनिक भएको थियो । केही गीत सार्वजनिक गर्ने उहाँको तयारी छ । त्यसोत विनितले सांगीतिक यात्रा सुरु गरेको झण्डै २२ वर्ष भयो । २०५५ सालमा ‘छड्के नजर’ बोलको गीत रेकर्ड गरी नेपाली सांगीतिक फाँटमा उहाँको औपचारिक यात्रा सुरु भएको थियो । यो अवधिमा विभिन्न गीत मार्फत उहाँले दर्शक श्रोतामाझ परिचय बनाउनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button