कास्की १० र स्याङजाका १० सहित गण्डकीमा ३० कोरोना संक्रमित थपिए

पोखरा न्यूज ।  स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान कास्की १० र स्याङजाका १० सहित  गण्डकी प्रदेशमा ३० जना कोरोना संक्रमित थपिएको जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा स्थित फेवासिटी हस्पिटलबाट नमुना संकलन भएका १ पुरुष तथा १ महिला, मेडी प्लस हस्पिटलबाट नमुना संकलन भएका १ पुरुष तथा २ महिला, पोखरामा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत एक महिला, मादी गाउँपालिकाका वडा नखुलेका २ पुरुष तथा २ महिला रहेका छन् ।

त्यस्तै स्याङजा भिरकोटका ६ पुरुष तथा ४ महिला, लमजुङ सुन्दरबजारका १ पुरुष तथा १ महिला, पर्वत मोदी २ का २ पुरुष,  तनहुँको भिमाद ६ का १ पुरुष, आवुखैरेनी ३ का ५ पुरुषमा सोमबार बिहान कोरोना देखिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय १६ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५ सय १६ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button