पोखरामा कोरोना पुष्टि भएपछि ट्याक्सी चढेर घर पुगेकी महिलाको मृत्यु

पोखरा न्यूज । पोखरामा कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएकी पर्वतकी एक महिलाको मृत्यु भएको छ ।

बागलुङको बागलुङ नगरपालिका-१३ स्थायी घर भई पर्वतमा बस्दै आउनुभएकी ४८ वर्षिया महिलाको आइतबार साँझ ७ बजे कुश्मा नगरपालिका – ५ मा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महिलामा  कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएकोमा हस्पिटलले होम आइसोलेशनमा बस्न सिफारीस गर्दै डिस्चार्ज गरेपछि कार्तिक २ गते आइतबार पर्वत पुगेकी महिलाको सोहिदिन निधन भएको हो ।

स्रोतका अनुसार स्वास्थ्यमा समस्या आएपछि असोज २८ गते उपचारको लागि पोखरा आएकी महिलालाई कोरोना पुष्टि भएपछी हस्पिटलले होम आइसोलेशनमा  बस्ने सिफारिस सहितको पत्र दिएको थियो । हस्पिटलको सिफारिस पछि उहाँ   भाडाको ट्याक्सी प्रयोग गरेर पर्वत पुग्नुभएको  थियो ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button