भाटभटेनीमा खाद्य अनुज्ञापत्र नभएको मासु विक्री

पोखरा न्यूज संवाददाता ।  भाटभटेनी सुपरमार्केटले खाद्य अनुज्ञापत्र नभएको खसीबोकाको मासु विक्री गरेको पाइएको छ ।

काठमाण्डौ महानगरपालिकाले सोमबार गरेको अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा विक्रीमा राखिएको मासुको खाद्य अनुज्ञापत्र नभएको पाइएको हो । महानगरले काठमाडौंको कलंकीमा रहेको भाटभनेनी सुपरमार्केटमा अनुगमन गरेको थियो ।

अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै महानगरपालिकाका पशु विभाग अधिकृत डम्बरबहादुर बमले खाद्य अनुज्ञापत्र नभएको मासु विक्रीका लागि राखिएको पाइएको बताउनुभयो ।

भाटभटेनी सुपरमार्केटले नेपालगन्ज देखि खसीबोकाको मासु ल्याई विक्री वितरण गर्दै आएको छ । अनुज्ञापत्र नलिई विक्री गरेको पाइएपछि सम्बन्धित आपूर्तिकर्तालाई फोनगरी खाद्य अनुज्ञापत्र तत्काल लिन आग्रह गरिएको पनि महानगरका पशु विभाग अधिकृत बमले बताउनुभयो ।

भाटभटेनीले खसीको प्रतिकेजी ९ सय ९९ रुपैयाँमा र बोकाको ८ सय ९९ सय रुपैयाँमा मासु विक्री गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button