करेण्ट लागेर पोखरामा एक युवकको मृत्यु

पोखरा न्यूज । पोखरामा सोमबार बिहान एक युवकको करेण्ट लागेर मृत्यु भएको छ ।

पोखरा-२३ ठुलाखेत घरभई पोखरा-५ माछापुच्छ«े टोलमा किराना पसल गर्दै आएका ३५ वर्षीय ज्ञानेन्द्र दाहालको करेण्ट लागेर मृत्यु भएको हो । पोखरा-५ स्थित आफ्नै किराना पसल अगाडि बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेपछि दाहलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले बताउनुभयो ।

सोमबार बिहान ११.३० बजे करेण्ट लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पोखराको गैह्रापाटन स्थित फिस्टेल अस्पताल लगिएकोमा चिकित्सकले ११.५० मा मृत घोषणा गरेका थिए । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button