नजाऊ नभन गीत सार्वजनिक

पोखरा न्यूज । एलिना चौहान र अन्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक भएको छ ।

डीआर सुजनको शब्द, लालकुमार बरालको संगीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निशल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकास दाहालको सम्पादन छ ।

गीतमा गरिबीको गन्तब्य परदेश मात्र हैन आफ्नै देशमा पनि धेरै विकल्प छन् भन्ने भाव दर्शाइएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोतारदर्शकमाझ पस्किएका छौ, सबैको माया पाउनेमा आशावादी छौ’, निर्देशक देवेन्द्रले भन्नुभयो । गीत तथा भिडियोलाई सम्पूर्ण संचारले बजारमा ल्याएको हो । लालकुमार बरालको आफ्नै युटुब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button