राजन कार्की नयाँ चलचित्रमा अनुबन्धित

पोखरा । निर्माण हुन लागेको नेपाली चलचित्रमा कलाकार राजन कार्की मुख्य कलाकारको रुपमा अनुबन्धित हुनुभएको छ ।

सन्तोष शर्मा निर्माता रहेको यो चलचित्रको नाम भने चयन हुन बाँकी छ । पारिवारिक कथामा कमेडी र लब स्टोरीको मिश्रण चलचित्रमा रहनेछ । मुख्य कलाकारको रुपमा कार्कीले साइन गरेपनि चलचित्रको निर्देशक र अन्य कलाकारको टुंगो लाउन बाँकी रहेको निर्माता शर्माले जनाउनुभयो ।

चलचित्र प्रफेक्ट मिडिया एकेडमीको ब्यानरमा तयार हुनेछ । अब छिट्टै सबै टिमको फाइनल गरेर शुभमुर्हतसहित औपचारिक घोषणा गर्ने तयारी निर्माण पक्षले गरेको छ ।

मुख्य कलाकारको रुपमा साइन गर्नुभएका कार्की मोडलिङ क्षेत्रबाट चलचित्र क्षेत्रमा आउनुभएको व्यक्ति हुनुुहुन्छ । उहाँको जन्म तनहुँ जिल्लाको बन्दीपुरमा भएको हो । पोखरामा ‘जुनिएर रणवीर’को नामले परिचित उहाँको सानो उमेरदेखिको सपना ठूलो पर्दाको चलचित्रमा मुख्य कलाकारको रुपमा अभिनय गर्ने रहेको थियो ।

हुनत चलचित्र ‘छेस्को’ मार्फत उहाँले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न भयो । अब बन्ने चलचित्र उहाँले अभिनय गर्ने दोस्रो चलचित्र हो । नयाँ चलचित्रबाट उहाँले निकै आशा गर्नुभएको छ । ‘मैले खोजेको जस्तो चलचित्र रहेछ, सोही कारण मुख्य कलाकारको रुपमा साइन गरे, सकेको मेहनत गरेर दर्शकको माया पाउन कोशीष गर्छु’ पोखरा न्यूजसँग कुरा गर्दै कार्कीले भन्नुभयो ।

बुबा तेजेन्द्र बहादुर र आमा देवकला कार्कीको सन्तानको रुपमा जन्मिनुभएका कार्कीको बाल्यकालदेखिनै कलाकारिता क्षेत्रमा रुची थियो । २०६८ सालमा उच्च शिक्षा अध्ययनको पोखरामा आएपछि उहाँको प्रतिभाले फक्रने अवसर प्राप्त गरेको हो । अध्ययनको क्रममा उहाँको सामीप्यता मोेडलीङ्ग र कलाकारिता क्षेत्रमा लागेका व्यक्तिसँग हुन पुग्यो । फलस्वरुप यो क्षेत्रमा हिड्न उहाँलाई सजिलो भयो ।
औपचारिक रुपमा वि.स.२०७० सालमा स्वरुपराज आर्चायको आवाजमा रहेको ‘जान्छु पनि नभनेर’ गीतबाट मोडलिङ क्षेत्रमा उहाँ लाग्नुभयो । उहाँले हालसम्म एक दर्जन म्युजिक भिडयोमा अभिनय गर्नुभएको छ । म्युजिक भिडियोमा मात्र नभएर उहाँले विभिन्न विज्ञापनमा समेत मोडलिङ गर्नुभएको छ ।

यही क्षेत्रमा करियर बनाउने सपना बोकेर काठमाण्डौँ हानिनुभएको कार्कीले कान्तिपुर मोडलिङ्ग एजेन्सी मार्फत समेत आफ्नो क्षमता देखाउनुभयो । उहाँ प्रफेक्ट मिडिया हाउस र डिवाईटी टिभीको सञ्चालक समेत हुनुहुन्छ । व्यवसायिक क्षेत्रसँगै चलचित्रमा स्थापित हुने उहाँको रहर छ । ‘अब म व्यवसायसँगै चलचित्र क्षेत्रमा अगाडि बढ्छु’ कलाकार कार्कीले भन्नुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button