सन्तोष र समीक्षाले अपेक्षा गरेको ‘एउटै मुटु’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

पोखरा न्यूज । गायक सन्तोष बस्याल र गायिका समीक्षा अधिकारीले अपेक्षा गरेको ‘एउटै मुटु’ बोलको गीत सार्वजनिक भएको छ । ईश्वर खड्का विशालको शब्द, बाबुल गिरीको सङ्गीतमा तयार भएको यो लोक गीत हो । यो गीतबाट युगल गायनतर्फको यात्रा अझ सहज बन्ने दुई जनाकै अपेक्षा छ ।

स्लो मोशन पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको गीतको भिडियोमा प्रथम क्षेत्री र एन्जिलाको अभिनय रहेको छ । प्रथम क्षेत्रीको निर्देशनमा भिडियो निर्माण भएको हो ।

म्युजिक भिडियोको निर्माता ईश्वर थापा, हरि क्षेत्री र देविस तण्डन क्षेत्री हुनुहुन्छ । गीतलाई प्रथम क्षेत्रीको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । अनन्त घिमिरेको सम्पादन र कलरिङ रहेको म्युजिक भिडियोको डिओपी सुमन कार्कीले गरेका गर्नुभएको छ । बाबुल गिरीको संगीत संयोजन रहेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ एवं मास्टरिङ गर्नुभएको हो । म्युजिक भिडियोको छायाङ्कन काठमाडौँमा गरिएको हो ।

पोखरामा रहेर सङ्गीत सँगै पत्रकारिता क्षेत्रलाई अगाडि बढाइरहेका बस्यालले आवाज भरेको यो पहिलो लोक गीत हो । यसअघि बस्यालले जीवन सुनारको शब्द सङ्गीतमा मैले तिमीलाई माया गर्दा, योगेश काजीको शब्द सङ्गीतमा ओम गुरुङसँगै युगल गीत रेसम फिरिरि, दीपक शर्माको शब्द सङ्गीतमा ढाँट्यो मायाले लगायतका गीत सार्वजनिक गर्नुभएको थियो ।

बस्यालको माछापुच्छ्रे हिमचुलीको छाया खस्यो फेवातालैमा, वीर नेपाली, बस है प्यारी लगायतका गीत आउने क्रममा छन् । छोटो समयमा चर्चित बन्नुभएकी गायिका अधिकारी समेत यो गीतबाट उत्तिकै आशावादी हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button