पोखराका १०१ सहित सोमबार गण्डकी प्रदेशमा २५२ कोरोना संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा सोमबार  थप २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार  कास्की जिल्लाको पोखरामहानगरका सर्वाधिक १०१ सहित  बागलुङ, तनहुँ, गोरखा, लमजुङ, स्याङजा र नवलपुर गरी २  जिल्लामा २ सय ५२ जनामा कोरोना भाइरस देखिएको जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेमा  वडा प्रहरी कार्यालय बगर, पोखरामा  कार्यरत ३० पुरुष प्रहरी तथा १ महिला प्रहरी, पोखरामा कार्यरत ५ ट्राफिक प्रहरी, पोखरा ५ का ३ पुरुष तथा १ महिला  , पोखरा ६ का १ पुरुष , पोखरा ७ का १ पुरुष तथा १ महिला  , पोखरा ८ का ४ पुरुष  , पोखरा ९ का ४ पुरुष तथा २ महिला, पोखरा १० का ४ पुरुष तथा ३  महिला, पोखरा ११ का २  पुरुष, पोखरा १२ का १ पुरुष तथा २   महिला, पोखरा १३ का २ पुरुष तथा १ महिला, पोखरा १४ का २ पुरुष, पोखरा १५ का १ पुरुष तथा ३ महिला, पोखरा १६ का १ पुरुष तथा १ महिला, पोखरा १७ का ८ पुरुष तथा १ महिला, पोखरा २० का १ पुरुष, पोखरा २६ का २ पुरुष तथा १ महिला, पोखरा २७ का १ पुरुष, पोखरा ३२ का ५ पुरुष तथा १ महिला र वडा नखुलेका ४ पुरुष रहेका छन् ।

बागलुङ जैमिनिका ५ पुरुष तथा १ महिला, गल्कोटका २ पुरुष तथा १ महिला, काठेखोलाका २ पुरुष तथा २ महिला, बागलुङ नगरपालिकाका १ पुरुष तथा ३ महिला, तनहुँको आवुखैरेनीका १ पुरुष, सुक्लागण्डकीका ९ पुरुष तथा १ महिला, देवघाटका १ पुरुष, ब्यासका ७ पुरुष तथा ३ महिला , भानुका १ पुरुष, भिमादका ३ पुरुष, गोरखाको गोरखा नगरपालिकाका २ पुरुष, पालुङटारका २ पुरुष , लमजुङ बेसीसहरका १ पुरुष, राइनासका ३ पुरुष, मध्येनेपालका १ पुरुष, स्याङजा हरिनासका १ पुरुष रहेका छन् ।

त्यसैगरी नवलपुर देवचुलीका २८पुरुष तथा १४ महिला, गैंडाकोटका २२ पुरुष तथा ४ महिला, कावासोतीका १० पुरुष तथा ८ महिला, मध्येबिन्दुका ४ पुरुष तथा २ महिला र बिनयत्रिबेणीका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ११ पुगेको छ ।

गण्डकी प्रदेशमा सोमबार कोरोना संक्रमणबाट थप ५  जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कास्कीको पोखरा महानगरपालिकाका २ , तनहुँका १  तथा नवलपुरका २ जना गरी थप ५  जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएको छ ।

पोखरा महानगरपालिका-१५ की ७८ बर्षीया कोरोना संक्रमित महिलाको गए राति ११:०० बजे चरक मेमोरियल हस्पिटलमा पोखरा -५ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९:१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा र तनहुँ  शुक्लागण्डकी-४ का ५० बर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान ९:१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यसै गरी निर्देशनालयले कार्तिक ६ गते  कोरोना संक्रमण पुष्टि भएका नवलपुर गैंडाकोट-५ का ७३ बर्षीय कोरोना संक्रमित पुरुषको आइतबार चितवन मेडिकल कलेजमा तथा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका कावासोती-२ का ७७ बर्षीय पुरुषको बिहान २:३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा उपचारका क्रममा मृत्यु भएको  जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button