कोरोनाका कारण प्रवासमा पनि दशैंको रौनक देखिएन

पोखरा न्यूज संवाददाता / दोहा कतार । आस्थावानहरुको महान् पर्व बडा दशैं विदेशमा रहेका नेपालीहरूले यस वर्षपनि मनाएका छन् । कोरोनाका कारण विगतमा जस्तो विविध कार्यक्रमहरू आयोजना गर्न असहज रहे पनि मान्यजनहरूको हातबाट टीका ग्रहण र आशीर्वाद लिने संस्कारले यो वर्ष पनि निरन्तरता पायो ।

कतारमा यस वर्ष सीमित व्यक्ति, बस्ती तथा कम्पनीका निवास भित्र दशैं मनाइएको छ । कोरोनाका कारण यहाँका हल तथा होटेलको कूल क्षमताको ३० प्रतिशत भन्दा बढी जम्मा हुन नपाइने नियम भएकोले होटलहरुमा दशैं मनाउनेहरू कम देखिएका हुन ।

दशमी सोमबार परेका कारण पनि दशैं मनाउनेहरूको सङ्ख्यामा केही कमी देखिएको हो । किनकी खाडी राष्ट्रमा शुक्रवार मात्र साप्ताहिक बिदा मिल्ने गर्दछ । यद्यपी म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले संस्थागत विजयादशमी मनाएको छ । अनेसास कतार च्याप्टरका अध्यक्ष सिताराम थापाले कम्पनीमा कार्यरत नेपालीहरू माझ दशैं मनाए । कोरोनाका कारण संस्थागत गतिविधि गर्न नसकिएको थापाको भनाई छ । मोरङ सुनसरी सेवा समाजका अध्यक्ष दिलीप पराजुली, अर्धाखाची सेवा समाजका अध्यक्ष लगायतले पनि सीमित व्यक्ति माझ दशैं मनाएका छन् ।

कतारका नेपाली टिकटक प्रयोगकर्ताहरू सुरज चन्द, वर्षा कोइराला लगायतको टिमले एक कार्यक्रमको आयोजना गरी दशैं मनाएका छन् । नेपाली प्रवासी एकता मञ्चका अगुवाहरू, एनआरएनए आइसीसीका सदस्य रमेश भट्ट, आइसीसी सल्लाहकार टिबी कार्की लगायत विभिन्न सङ्घ संस्था, व्यवसायी तथा बुद्धिजीवीहरूले साँघुरो घेरा भित्रै दशैं मनाएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button