पोखराका ९ सहित गण्डकीका थप २२ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरा महानगरपालिकाका ९ सहित गण्डकीका पाँच जिल्लामा मंगलबार थप २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा मंगलबार गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीका ९, म्याग्दीका ४, स्याङ्जाका २, बागलुङका ५ , तनहुँका २ गरी २२ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नं ३ का  १ महिला, वडा नं ९ का १ महिला, वडा नं १० का १ महिला, वडा नं १२ का १ पुरुष, वडा नं १४ का १ महिला, वडा नं १७ का १ महिला, वडा नं २२ का १ पुरुष, वडा नं २६ का १ पुरुष र  वडा नं ३३ का १ पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै  म्याग्दी धौलागिरि गाउँपालिका  ७ का २ महिला, म्याग्दी मंगला २ का १ महिला, बेनी नगरपालिका  ९ का १ पुरुष, स्याङ्जा भीरकोट नगरपालिका  ४ का १ महिला, १ का १  पुरुष, बागलुङ काठेखोला–३ का १ पुरुष,  ८ का  १ पुरुष बागलुङ जिल्ला बागलुङ नगरपालिका–२ का १ पुरुष तथा १ महिला, ७ का १ पुरुष, तनहुँको व्यास नगरपालिका  १ का १ पुरुष र  शुक्ला गण्डकी नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ३४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button