नवलपुरका ५५ सहित गण्डकीमा थप ५६ जना कोरोना संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशको नवलपुरमा ५५ र स्याङ्जामा एक जनासहित मंगलबार प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

लाइफ केयर डाइग्नोष्ट्रिक एण्ड रिसर्ज सेन्टर प्रालि पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ५६ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार स्याङ्जा वालिङ नगरपालिका वडा नं ४ मा एक पुरुष, नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं २ का दुई पुरुष तथा दुई महिला , वडा नं ३ का पाँच पुरुष तथा  दुई महिला, वडा नं ५ का एक महिला, वडा नं ८का १६ पुरुष तथा  पाँच महिला, वडा नं ९ का दुई पुरुष, वडा नं १० का एक पुरष, वडा नं ११ का दुई पुरुष, वडा नं १२ का एक महिला, वडा नं १३ का एक पुरुष तथा  एक महिला, वडा नं १४ का दुई पुरुष तथा तीन महिला, वडा नं १५ का एक महिला, वडा नं १६ का एक पुरुष, वडा नं १७ का चार पुरष तथा तीन महिलामा कोरोना पुष्टि भएको हो  ।

यस  सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ६ हजार ७ सय ९०  पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button