पोखराको चिसाखोलामा सुतेकै ठाँउमा युवतीको मृत्यु

पोखरा न्यूज । म्याग्दी जिल्ला घरभई पोखरा–१८ चिसाखोलामा डेरागरी बस्ने ३३ वर्षीया रुपा फगामी मगर मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार राति खाना खाएर सुतेकी रुपा मंगबलार बिहान ५.०० बजे आफ्नै विस्तारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मगर मृत फेला परेपछि उनको परिवार र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उक्त कोठामा उनका पति र सासु–ससुरा समेत बस्दै आएका थिए । कास्की प्रहरीका अनुसार मगरको शरिरमा कुनै घाउचोट देखिएको छैन, मगरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button