सोयाविन उद्योगमा आगलागी हुँदा चार करोडको क्षती

पोखरा न्यूज । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा बुधबार बिहान आगलागी भएको छ ।

बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब चार करोडको क्षति भएको हो । बिहान करीब ४ बजेतिर विद्युत् च्हावटवाट आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक मनीष बलायरले जानकारी दिनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button