पोखरा महानगरको कार्यालय बिहीबारदेखि सञ्चालन हुने

पोखरा । पोखरा महानगरपालिकाको कार्यालय बिहीबारदेखि सञ्चालन हुने भएको छ ।

पोखरा महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सेवा असोज २९ गतेदेखि बन्द रहेकोमा कात्तिक १३ गते बिहीबारदेखि सञ्चालन हुने भएको हो ।

पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको कात्तिक १२ गते बसेको बैठकको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नेगरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु कात्तिक १३ गते बिहीबारबाट संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जारी गरेको सूचनामा उल्लेख छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button