पोखरामा फेरि थपिए १२ कोरोना संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशमा बुधबार दिउसो ३४ कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका १२, तनहुँका  ११, वागलुङका २, स्याङजाका १ र गोरखाका ८ गरी थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण  पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं २ की १ महिला, ६ का १ पुरुष, ८ का १ पुरुष, ९ का ४ पुरुष, १० का २ पुरुष, १५ का १ पुरुष तथा १ महिला र वडा नखुलेका १ पुरुष रहेका छन ।

त्यसै गरी तनहुँ व्यास नगरपालिकाका वडा नं १ का १ पुरुष, २ का २ पुरुष, ४ का ११ वर्षीय बालक सहित २ महिला, ६ का १ पुरुष, ९ का १ पुरुष, ११ का २ पुरुष र वडा नखुलेकी १ महिला, स्याङजा वालिङ ९ की १ महिला, वागलुङ ९ का १ पुरुष तथा वडानखुलेका १ पुरुष, गोरखा पालुङटार ४ का १ पुरुष, ५ का १ पुरुष, आरुघाटका ३ पुरुष र भिमसेनथापाका २ पुरुष तथा १ महिलामा कोरोना संक्रमण देखिएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ४५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button