कोरोनाबाट १९ वर्षीया युवतीसहित थप २ जनाको मृत्यु

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

गोरखाको  बारपाक सुलिकोट-१ की १९ वर्षीया कोरोना संक्रमित युवतीको मंगलबार दिउसो ३:४५ बजे भरतपुर अस्पताल चितवनको सघन उपचार कक्षमा  उपचारका क्रममा निधन भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी नवलपुर  गैंडाकोट – २ का ५४ बर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार साझँ ५:२६ बजे  चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा  उपचारका क्रममा मृत्यु  भएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु  हुनेको संख्या ७० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button